पाँचौ आरबिबी एनभिए चैत १९ देखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २० गते २०७७ मा प्रकाशित


पाँचौ आरबिबी एनभिए लिग भलिबल

काठमाडौं-पाँचौ राष्ट्रिय बाणिज्य बैंक (आरबिबी) एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत १९ गतेदेखि काठमाडौंमा शुरु हुदैं छ । नेपाल भलिबल संघले आज बिहीबार पत्रकार सम्मेलन प्रतियोगितालाई एक वर्ष अघि आयोजनाको तयारी गरिएको भएपनि गर्दै कोभिड–१९ ले रोकिएको थियो ।

राष्ट्रिय बाणिज्य बैंकको सहकार्यमा नेपाल भलिबल संघले वर्षेनी राष्ट्रिय क्लबस्तरीय लिग महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माका अनुसार प्रतियोगितामा पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब(बुटवल) र वुलवुले रारा क्लब गरी ८ टोलीको सहभागिता रहने छ ।

महिला तर्फ शसस्त्र प्रहरी बल(एपीएफ), त्रिभुवन आर्मी क्लब,नेपाल प्रहरी , न्यु डायमण्ड स्पोर्टस क्लब, ढोरपाटन भलिबल टे«निङ सैन्टर र भरतपुर मेट्रो खेलकुद परिषद गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

विजेताले नगद ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो हुने टोलीले ७५ हजार र चौथो हुने टोलीलाई ३७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने भलिबल संघले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले २५÷२५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी विधागत रुपमा उत्कृष्ट लिबेरो, स्पाईकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई जनही १०/१० हजार रुपैयाँ प्रदान गरिने छ ।