
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोष
काठमाडौं- विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे ।
सहयोग प्राप्त गर्ने खेलाडीहरुमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन् । कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो । बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो । यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।
राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था गरिएको छ । कल्याणकारी कोषले कम्तिमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाण पत्र प्राप्त राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ ।
यस बर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरुमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…