
तेस्रो सिर्जना कप विद्यालयस्तरीय भलिबल प्रतियोगिता .
पोखरा-कास्की जिल्ला भलिबल संघको आयोजना तथा सिर्जना विकास केन्द्रको मुख्य प्रायोजनामा यही चैत ११ गतेदेखि तेस्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्रा तथा छात्र भलिबल प्रतियोगिता हुदैं छ ।
सामुदायिक विद्यालयमा १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरु सहभागि हुन पाउने छन् । प्रतियोगितामा ५० विद्यालयको सहभागिता रहने अपेक्षा कास्की जिल्ला भलिबल संघले जनाएको छ । विद्यालयस्तरबाटै भलिबल खेलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य प्रतियोगिताको छ । प्रतियोगिताको उपाधि विजेता छात्रा तथा छात्र टोलले नगद ७०–७० हजार रुपैयाँ प्रदान गरिने कास्की जिल्ला भलिबल संघले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
उपविजेता विद्यालयले नगद ३५–३५ रुपैयाँ प्रदान गरिने छ । तेस्रो हुने विद्यालयले भने नगद २०–२० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ठ छात्र तथा छात्रा खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ प्रदान गरिने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । अन्य विभिन्न ५ विधाका उत्कृष्ठ खेलाडीलाई १–१ थान भलिबल प्रदान गरिने छ । प्रतियोगिताको लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…