
पोखरा विश्वविद्यालय क्रिकेट क्लबको आयोजनामा हुने फ्रेन्चाईज क्रिकेट लिग
पोखरा-पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फ्रेन्चाईज लिगका आठ टोलीले खेलाडीहरुको अक्सन मार्फत खरीद गरेर टोली बनाईसकिएको छ ।
९ गतेदेखि हुने पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेटको चौथो संस्करणमा आठ टोली सहभागिता जनाउने छन् । गोर्खाली ब्लाष्टर्स, पोखरा विश्वविद्यालय रिनोस, स्टील्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाईगर्स, पोखरा विश्वद्यिालय रेड वारियर्स, अन्नपूर्ण किंग्स ११ र गण्डकी स्ट्राइकर्सको सहभागिता रहेको छ । सबै टिमले खेलाडी खरीद गरिसकेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पोखरा विश्वविद्यालय रिनोसले अविनाश बोहोरा तथा बिक्रम शोबलाई आफनो टिममा समावेश गरेको छ । पोखरा विश्वविद्यालय क्रिकेट क्लबका अध्यक्ष एवं क्रिकेट प्रतियोगिताका संयोजक प्रकाश खनालका अनुसार पोखरा विश्वविद्यालय रेड वारियर्सले कुशल मल्ल र विपिन खत्रीलाई समावेश गरेको छ ।
गण्डकी वारियर्सले ईशान पाण्डे, मिथिलाञ्चल वारियर्सले अमृत गुरुङ र हरिशंकर साहलाई आफनो टिममा राखेको छ । फारवेष्ट टाईगर्सले खडक बोहोरा तथा कमलसिंह ऐरीर गोर्खाली ब्लाष्टर्समा कृष्ण कास्र्की र विपिन रावल आवद्ध रहेको छन् । चैत ९ गते उदघाटन खेल स्टील्थ सिक्सर्सले फारवेष्ट टाईगससँग खेल्ने छ । दोस्रो खेल मिथिलाञ्चल वारियर्सले अन्नपूर्ण किंग्ससँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको संयोजक खनालले जानकारी दिए ।
फ्रेन्चाईज क्रिकेट लिग विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता टोलीले ७० हजार रुपैयाँ पाउने छ । म्यान अफ दि म्याचलाई एकहजार रुपैयाँ नगद प्रदान गरिने पोखरा विश्वविद्यालय क्रिकेट क्लबले जनाएको छ । म्यान अफ दि सिरिजलाई ५ हजार रुपैयाँ, बेष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, बेष्ट बलरलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ । टिममा एक जना राष्ट्रिय खेलाडी समावेश गर्न पाउने छन् । कास्कीकै यु–२३ खेलाडीलाई समेत समावेश गर्न सक्ने आयोजक क्लबले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…