
एन्फा प्रेसिडेन्ट लिग–२०७७
नेपालगन्ज-लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बिहिबार जित हासिल गरेका छन ।
बिहिबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३–२ ले पराजित गरेको छ । बिहिबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९,३५ र ८८ औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुइ खेल जितेर ६ अंक जोडेको छ ।
यसैगरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टी मार्फत ८८ मिनेटमा गोल गरेका थिए । धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…