
त्रिदेशीय फुटबल प्रतियोगिता
काठमाडौं- भोलिबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट शुरुहुने प्रतियोगिताको प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जनाएका हुन । प्रशिक्षक महर्जनजले तीन महिना देखी निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।
महर्जनले नोभेम्बरमा बंगलादेशमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई निराश नबनाउने थपे । यस्तै प्रि–म्याच कन्फरेन्समा बोल्दै टोलीका उपकप्तान रोहित चन्दले लामो समयपछि मैदान फर्कन पाउँदा टोली निकै उत्साही भएको बताए ।
यस्तै बंगलादेश र किर्गिस्तानका प्रशक्षिक र कप्तानले पनि तयारी राम्रो गरेको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…