६ वर्ष पछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, चैत १२ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आज भ्रमणकारी टोली किर्गिस्तानको यु–२३ टोलीलाई आतित्थयता गर्दैछ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल सांझ साढे पाँच बजे सुरु हुनेछ ।

६ वर्ष पछि पछि राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०१७ मा भारतसँग विश्वकप छनोट खेल अन्तर्गत दोस्रो लेग रंगशालामा खेलेको थियो । त्यसपछि नेपाली टोली विभिन्न कठिनाइ र पुनः निमार्णकको कामले गर्दा रंगशालामा खेल्न पाएको थिए ।

नेपाली टिमका पशिक्षक वालगोपाल महर्जनले बंगलादेश खेलमा किर्गिस्तानले गरेको प्रदर्शनको आधारमा नेपालले सुखद नतिजा निकाल्ने बताए । घरेलु मैदानमा हुन लागेको खेलमा किर्गिस्तान जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । पहिलो खेल बंगलादेशसँग पराजित भएपछि अघिल्लो चरण प्रवेशलाई कठिन भएकोले नेपालविरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।

बिहीबार हुने खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । जसमा स्ट्राइकर नवयुग श्रेष्ठ, सन्तोष तामाङ, गोलकिपर विशाल श्रेष्ठ, विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज विक, विकाश खवास, हेमन्त थापामगर, सन्तोष तामाङ, आशिष लामा, जोर्ज प्रिन्स कार्र्की टिमबाट बाहिरिएका छन् भने दुई वर्ष पछि विराज महर्जन टोलीमा फर्किएका छन् । उनीसँगै ५ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा डेब्युको मौका पाउनेछन् । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टोलीमा अटाएका छन् ।