
सृजना कप भलिबलको छात्रा छात्र फाईनल समीकरण
पोखरा-तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका मावि भिड्ने भएका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भइरहेको तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रातर्फको उपाधिका लागि शान्ता मावि र अमरसिंह मावि प्रतिष्पर्धामा उत्रिने छन् । विहीबार भएको खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेका उनीहरु शुक्रबार उपाधिका लागि भिड्नेछन् ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा विहीबार भएको खेलमा कालिका माविले वाराही माविलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो भने शान्ता माविले मेश्रम वराह मावि घान्द्रुकलाई ४–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । छात्रतर्फको सेमीफाइनल खेलमा शान्ता माविले मेश्रम वराह मावि घान्द्रुकलाई २५–२३, १८–२५, २५–२१ र २५–२१ को सेटमा पन्छाउँदा कालिका माविले वाराही माविलाई २५–२१, २५–१५ र २५–१७ ले पराजित ग¥यो ।
त्यस्तै छात्रातर्फ अमरसिंह माविले जनप्रिय माविलाई ४–१ तथा शान्ता माविले छोरेपाटन माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे । सेमीफाइनल खेलमा अमरसिंह माविले जनप्रिय माविलाई २०–२५, २५–१७, २५–२२ र २५–२३ को सेटमा पराजित ग¥यो । अर्को सेमीफाइनल खेलमा शान्ता माविले छोरेपाटन माविलाई २७–२५, २५–२ र २५–११ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…