
सहकारी कप बुद्धिचाल
ललितपुर-ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले समान ९ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।
ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शिर्ष वरियताका खेलाडी फिडेमास्टर रुपेश जैसवाललाई नोभा साकोर ललितपुरका युवा खेलाडी सुदिप तामाङ्गले माथ गरे । सुदिपले तेश्रो चरणको खेलमा दोलखाका मिलन लामासित बराबरी खेलेका थिए ।
तामाङ्गसँगै जनता साकोस ललितपुरका सजिन महर्जन, दमकका राजन सुवेदी, सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ, सुरोज महर्जन र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ २ जीत र एक बराबरी खेली ७ अंकका साथ संयुक्तरुपमा दोश्रो स्थानमा छन् ।
६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…