
क्लब लिग भलिबल सुरु, file pic
काठमाडौं-दुई सेटले पछि परेको स्थितिलार्य उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको खेलमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हराएको हो । सुरुआती दुई सेटमा २५–२० र ३०–२८ को जित निकालेको एपिएफले त्यसपछिका तीनवटै सेट गुमाएको थियो । तेस्रो सेटमा २३–२५ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले चौथो सेटमा २५–१९ को सहज जित निकालेको थियो । निर्णायक सेटमा २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपिएफमाथि रोमाञ्चक जित निकलेको हो ।
यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । २ खेलबाट पुलिसको अंकतालिकामा ५ अंक भएको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । उता नतिजा सुम्पिएको एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबारकै अर्को खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दैे जारी लिगमा दोस्रो जित निकालेको छ । भरतपुरमाथि न्यु डायमण्डले २५–१२, २५–७ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै न्यु डायमण्ड महिलातर्फ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । पराजित भरतपुरको यो लगातार दोस्रो हार हो । शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो । सुखद नतिजा निकालेको आर्मीले २ खेलमा ५ अंक जोडेको छ । उता पराजित ढोरपाटनको यो लगातार तेस्रो हार हो । यस्तै पुरुष तर्फको खेलमा विभागीय टोली एपिएफले सामाजिक युवा क्लबमाथि ३–० को सहज जित निकाल्यो । एपिएफले २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…