
नवौं राष्ट्रिय कायक स्लालम
काठमाडौं- नेपाल र्यााफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ ।
कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको अफिसियलहरुको बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
च्याम्पियनसिप त्रिसुली खोलामा आयोजना हुने छ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…