
काठमाडौं- टिपटप हेल्प नेपाल पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा एथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको हो ।
आज सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३ -० को सोझो सेटमा पराजित ग¥यो । हेल्पले पुलिसलाई २५-२२, २५-१६, २५-२० अंकले पराजित गरेको हो । अर्को खेलमा विभागिय टोली सेनाको टिएसीले अर्को विभागिय टोली एपिएफलाई २५ -१५, २५-१८, २८-२६ ले पराजित गर्दै आफ्नो अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र टिएसीको अंक समान ९ रहेको छ ।
यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ । मणिमुकुन्द र नयाँबजारले कुनै अंक जोडेका छैनन् । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा भएको प्रतियोगिताको महिला तर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अंकका साथ शिर्षमा रहेका छन् ।
टिएसीले आज भएको प्रतिस्पर्धामा अर्को विभागिय टोली एपिएफ संग पराजित भएता पनि अंकका आधारमा शिर्षमा रहेको हो । एपिएफले सेनालाई १९-२५, २५-१०, २५-१७, २५-२२ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-२१, २५-१२, २५-१३ ले पराजित गरेको हो । महिला तर्फ न्यू डायमण्डको ३ खेलबाट ७ अंक र एपिएफको ६ अंक रहेको छ । भक्तपुर मेट्रोले ३ अंक जोड्दा ढोरपाटन शुन्यमा रहेका छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…