
नेपाल पुलिसको स्पाईक ब्लक गर्ने प्रयास गर्दै न्यु डायमण्ड क्लबका खेलाडीहरु ।
काठमाडौं -नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ ।
आज सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५-२२, २५-२२, २५-१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो । यसका साथै डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शिर्ष स्थानमा उक्लन सफल भएको हो । एपिएफ क्लबको पनि समान १० अंक रहेता पनि सेट अन्तरका कारण एपिएफ दोश्रो स्थानमा रहेको हो ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा एपिएफले भरतपुर मेट्रो क्लबलाई २५-१३, २५-७, २५-९ को सोझो सेटमा पराजित गरेको हो । एपिएफको पनि ४ खेलबाट १० अंक रहेको छ । यस्तै तेश्रो स्थानमा ८ अंकका साथ त्रिभुवन आर्मी क्लब र ८ अंकमै रहेको नेपाल पुलिस क्लब सेट अन्तरका कारण चौथो स्थानमा रहेको छ । यसैगरि भरतपुर मेट्रोको ३ अंक र ढोरपाटन स्पोर्टसे शुन्यमा रहेको छ ।
दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ नेपाल पुलिस क्लब एपिएफमाथि भारी प¥यो । पहिलो र दोश्रो सेट २५-२१, २५-२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिस तेश्रो र चौथो सेट २०-२५, १७ -२५ ले एपिएफलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा १५ -१३ अंकले जित हात पार्दै २ अंक जोड्न पुग्यो । एपिएफले १ अंक जोड्यो । पुलिसको ५ खेलबाट ९ अंक रहेको छ । त्यस्तै हारका बावजुत एपिएफको १० अंक भएको छ । यस्तै अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले त्रिभुवन आर्मी क्लबलाई २५-१७, २५ -१९, २५-१६ ले पराजित ग¥यो । सोझो सेटमा पराजित गरेको हेल्पले आफ्नो अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्दै १५ अंकका साथ शिर्ष स्थान कायमै राखेको छ ।
प्रतियोगितामा लिगमा शिर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…