हेल्प नेपाल र डायमण्डलाई उपाधी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २६ गते २०७७ मा प्रकाशित


हेल्प नेपाल र डायमण्ड उपाधी सहित सामुहिक तस्बिरमा ।

काठमाडौं-टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेको हो । हेल्पले एपिएफलाई २५–१४, २५–२०, २५–२२ले पराजित गरेको हो । लिगको अन्तिम खेलमा तीन भारतिय खेलाडीलाई विश्राम दिएर प्रतिस्पर्धामा ओर्लिएको हेल्पलाई एपिएफले ३–० को सेटमा नै पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । तेश्रो स्थानमा बुलबुले रारा क्लब र चौथो स्थानमा नेपाल पुलिस क्लब रह्यो ।

यस्तै बिहिबारनै भएको महिला तर्फको फाईनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–१ ले पन्छाउँदै न्यू डायमण्ड भलिबल क्लबले उपाधी उचाल्यो । पहिलो सेट २५–२२ ले पुलिसलाई सुम्पेको डायमण्ड खेलमा फर्कदै लगातार दोश्रो र तेश्रो सेटमा जित निकाल्न सफल भयो । दोश्रो सेटमा २५–११ र तेश्रो सेटमा २५–१९ ले जित निकाल्यो । चौथो सेटमा पुनः २५–२१ ले पछि परेको डायमण्ड पाँचौ तथा निर्णायक खेलमा १५–११ ले जित निकाल्दै उपाधी कब्जा गर्न सफल भयो । एपिएफ क्लब तेश्रो र आर्मी क्लब चौथो स्थानमा रहे ।

पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडीको खिताव टिपटप हेल्प नेपालका विनित कुमार रहे । यस्तै उत्कृष्ट स्पाईकर बुलबुले रारा क्लबका मुराद जेहान, उत्कृष्ट ब्लकर पुलिसका दीपक राज जोशी, उत्कृष्ट सेटर हेल्प नेपालका विकास कुमार, उत्कृष्ट डिफेन्डर एपिएफका बिनोद चन्द, उत्कृष्ट सर्भर बुलबुले रारा क्लबका घनश्याम चौधरी रहे । उत्कृष्ट प्रशिक्षकको उपाधी हेल्प नेपालका रमेश के।सी। रहे ।
महिला तर्फ डायमण्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । यस्तै उत्कृष्ट स्पाईकरको उपाधी पुलिसकी उषा भण्डारीले हात पारिन् । उत्कृष्ट ब्लकरमा पुलिसकी मनिषा चौधरी, उत्कृष्ट सेटरमा पुलिसकी कमला पुन, उत्कृष्ठ डिफेन्डरमा डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सर्भरमा डायमण्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षकमा कुमार राई घोषित भए ।

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थान प्राप्त टिमकाविच उपाधीका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार सहित ट्रफी प्राप्त ग¥यो । यस्तै शिर्ष टोलीका खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । चौथो हुने टिमले सान्त्वना स्वरुप नगद ३७ हजार ५ सय प्राप्त ग¥यो ।

उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार सहित ट्रफी प्राप्त गरे । विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षकले पनि नगद १० हजार प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ्ग, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, क्राउन प्लाजा होटलका डाईरेक्टर युवराज श्रेष्ठ, अनलज्योती बोर्डिङ्ग स्कुलकी प्रिन्सिपल ज्योती के।सी।, बिद्यालय भलिबल कमिसनका अध्यक्ष राम बहादुर के।सी।, काठमाण्डौ महानगरपालिकाका विभागीय प्रमुख राम बहादुर थापा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, दिल कुमारी मोक्तान थापालगायतले पुरस्कार वितरण गरेका थिए ।