
काठमाडाैं, चैत २६ । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ ।

राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौता पछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ ।

सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा शाहबीच सम्झौत पत्रमा हस्तक्षर भयो ।


मुख्य प्रायोजकको अनुबन्धमा संलग्न रकमबारे दुवै पक्षले खुलाएनन् । सम्झौता नेपाली खेलकुदका लागि प्रायोजनमा कीर्तिमान बराबरका हुने आयोजकले दाबी गरेको छ ।

त्यस कार्यक्रमका अवसरमा आयोजकका तर्फबाट चौधरी कार्कीले कोभिड १९ ले सिर्जना गरेको नयाँ परिस्थितिमा सबै प्रकारका स्वास्थ्य मापदण्ड पूरा गरे प्रतियोगिता हुने निश्चित भएको बताइन ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…