
यु–१९ कास्की हरियो टिम ।
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजको उपाधिको लागि कास्की हरियो र कास्की निलो बीच प्रतिस्पर्धा हुने छ ।
कास्कीले हरियोले निलोलाई पराजित गर्दै शीर्षस्थानमा रहँदै फाईनल प्रवेश गर्दा कास्की निलो अंकको आधारमा कास्की रातोलाई पछि पार्दै उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो ।
कास्की हरियोले दिएको २०३ रनको लक्ष्य पछ्याएको कास्की निलो केवल ८६ रनमा समेटिएपछि सहज पराजित हुन पुग्यो । ११७ रनको फराकिलो हार व्यहोरेको कास्की निलोले भने कास्की रातोलाई १ अंकले पछि पार्दै फाईनल सुरक्षित बनाएको हो ।
कास्की रातो र निलोको दुवैले एक हार र एक बराबरी खेलेका थिए । यद्यपी निलोले अंक २५ जोड्दा रातो भने २४ अंक रहयो । एक अंकले पछि पर्दै कास्की रातो फाईनल यात्रा तय गर्नबाट चुक्न पुग्यो । उपाधिको लागि कास्की हरियो र निलो बीच फाईनल शुरु हुने छ । मंगलबार र बुधबार दुई दिन टेष्ट चल्ने छ । बुधबार उपाधिको छिनोफानो हुने छ ।
पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा गत चैत २५ गतेदेखि पोखरा रंगशालामा सञ्चालित थियो । विजेताले च्याम्पियन ट्रफी प्राप्त गर्ने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…