
पदकबाट विभूषित
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् ।
खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए ।
सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० सुरु हुन करिब साढे चार महिना मात्र बाँकी थियो । त्यो साढे चार महिनाको अवधिमा १३ औं साग सफल रुपमा सम्पन्न मात्र भएन नतिजाका हिसाबले पनि नेपालका लागि १३ औं साग ऐतिहासिक रह्यो । उक्त सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो । १३ औं सागअघि नेपालले सागमा हासिल गरेको सर्वाधिक स्वर्ण संख्या ३१ हो । उक्त स्वर्ण नेपालले नेपालमै भएको आठौं सागमा जितेको थियो ।
सदस्य–सचिव सिलवालकै कार्याकालमा सागमा पदक विजेता खेलाडीले नेपाल सरकारबाट पाउने पुरस्कार राशीमा पनि उल्लेख्य बृद्धि गरिएको थियो । थापा समारोह विज्ञका रुपमा परिचित छन् । उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह व्यवस्थापनमा मुख्य जिम्मेवारीमा रहेर कार्य गरेका थिए । मुख्य जिम्मेवारीमै रहेर थापासंग आठौं सागमा पनि समारोह समितिमा काम गरेको अनुभव छ । १३ औं सागमा थापाले समारोह समितिमा सविच र निर्देशकको भूमिका निर्वाह गरेका थिए ।
संगिना छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् । संगिनाले सन् २००४ को ग्रिसमा भएको २८ औं संस्करणको एथेन्स ओलम्पिकमा छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
सागको दुई संस्करण आठौं र नवौंकी स्वर्णधारी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपको पनि स्वर्ण विजेता हुन् । रियो ओलम्पिक– २०१६ र १३ औं सागमा संगिना प्रशिक्षकको भूमिकामा थिइन् । नेपालले १३ औं सागको तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । तेक्वान्दोमा सहभागी २९ खेलाडीमा सबैले पदक जितेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…