
नेपाल क्रिकेट संघ(क्यान) लोगो ।
काठमाडौं, – नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि हुने त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुने नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको हो । शृंखलाका लागि बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । डेभ ह्वाटमोरको प्रशिक्षणमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तान, पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल, बिनोद भण्डारी, आरिफ शेख, कुशल भुर्तेल, आसिफ शेख, करन केसी, सोमपाल कामी, कुशल मल्ल, सन्दिप लामिछाने, सुशन भारी, साहब आलम, कमल सिंह ऐरी र अविनाश बोहरा छन् ।
ट्वान्टी–२० क्रिकेटको त्रिकोणात्मक शृंखला खेल्नका लागि मलेसिया र नेदरल्यान्ड्सको टोली मंगलबार नै नेपाल आइसकेको छ । मलेसियाको १४ खेलाडीसहित २० सदस्यीय र नेदरल्यान्डको भने १४ सदस्यीय खेलाडीसहित १९ जनाको टोली नेपाल आएका हुन । दुवै टोलीको मंगलबार नै कोरोना परीक्षण भएको छ ।
नेपालले शनिबार त्रिभुवन विश्वविद्यालय टियु क्रिकेट मैदानमा नेदरल्यान्डसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । वैशाख ४ देखि ९ गतेसम्म प्रत्येक दिन १/१ खेल सञ्चालन हुनेछन् भने शीर्ष दुई टोलीले वैशाख ११ फाइनल खेल खेल्नेछन् । क्यानले पहिलो त्रिकोणात्मक शृंखलामा टिकट मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । यो शृंखला पछि नै नेपालले नामिबिया र तान्जिनियासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाको पनि तयारी गरिरहेको छ । अफ्रिकन टोलीसँगको शृंखला जेठ १ देखि हुने तालिका रहेको छ । नेपालले एकदिवसीय मान्यता प्राप्त नामिबियासँग एकदिवसीय खेलका लागि पनि प्रयास गरिरहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…