किरण चेम्जोङ
काठमाडौं-किरण चेम्जोङलाई नेपाल सुपर लिग एनएसएलको टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
राजधानीमा आज धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडकिो रुपमा नियुक्त गरेको हो ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हँदै छ । एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा नियुक्त गरिसकेको छ ।
यस्तै अक्सनबाट १४ जना खेलाडी पनि टोलीमा अनुबन्ध भइसकेका छन् । धनगढीमा अनुबन्ध भएका किरण झन्डै पाँच वर्षपछी नेपाली फुटबल क्लबमा फर्किएका हुन् । उनले एनएसएलको लागि आफू उत्साहित रहेको बताए ।
धनगढीले अक्सनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई टोलीमा समावेश गरिसकेको छ ।
धनगढीले किरणका अलावा अन्य विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ । विदेशी खेलाडीसहितको टोलीसँग नेपाली खेलाडीले खेल्दा नेपाली खेलाडीको स्तर उकासिने विश्वास राखे । यस्तै धनगढी फुटबल क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका पूर्व खेलाडी युगल किशोर राईलाई दिएको छ । नियुक्त भएका राईले धनगढीलाई राम्रो स्थानमा पु¥याउन मिहिनेत गर्ने बताए । यस अघि मनाङ मस्र्याङ्दी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसकेका तोपे फुजालाई प्रशिक्षकको रूपमा अनुबन्ध गरेको थियो । यस्तै टोलीका मालिक सुवास शाहीले किरण जस्तो टोलीलाई अनुबन्ध गर्दै पहिलो फ्रेन्चाईज लिगमा सहभागिता हुन पाउँदा खुसी भएको प्रतिक्रिया दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…