
भोटेकोशी गाँउपालिकामा राष्ट्रिय महिला भलिबलको तयारी ।
काठमाडौ- बैशाख ८ गतेबाट आयोजना हुने भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने हुन लागेको प्रतियोगितामा तीन विभागीय टोली सहित न्यु डायमन्ड स्पोर्ट्स, ढोरपाटन प्रशिक्षण केन्द्र र बालाजु र सिन्धुपाल्चोक भलिब संघको टिम गरी कुल ६ टोलीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । नेपाल भलिबलसंघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताका सबै खेल वेस्ट अफ फाइमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई आयोजकले आवत जावतका लागि सेवा सुविधा उपलब्ध गराउने जनाएको छ ।
भोटेकोशी गाउँपालिकाको दुई नम्बर वडास्थित आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले तीन लाख रूपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन । त्यस्तै, दोस्रोले दुई लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ र चौथोले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडीले २० हजार रूपैयाँ नगद तथा उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकले जनही ७ हजार रूपैयाँ र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले दुई हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
२८ लाख रुपैयाँ अनुमान गरिएको प्रतियोगितालाई भोटेकोशी गाँउपालिकाले ५ लाख उपलब्ध गराउने प्रतियोगिता व्यवस्थापन मुल समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए । थप रकम आयोजकले प्रायोजक खोजेर जुटाउनेछ । लिगकम नक आउट प्रणालीमा हुन लागेको प्रतियोगिता सिन्धुपालचोकमा हुना लागेको राष्ट्रिय महिला प्रतियोगिता रहेको आयोजकको दावी रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…