
अध्यक्षमा बानियाँ
पोखरा-दुई वर्षपछि जिल्ला खेलकुद विकास समितिले नयाँ अध्यक्ष पाएको छ । जिल्ला खेलुकद विकास समितिको अध्यक्षमा तोरण बानियाँ नियुक्त भएका छन् । बानियाँ पोखरा महानगरपालिका वडा नं १५ काम निर्वाचित वडासदस्य समेत हुन् । समितिको उपाध्यक्षमा महेन्द्र गुरुङ र सचिवमा भीम पराजुली नियुक्त भएका छन् । गुरुङ युवा व्यवसायी हुन् भने सचिव पराजुली कास्की जिल्ला भलिबल संघका अध्यक्ष समेत हुन् ।कोषाध्यक्षमा कन्चन थापा नियुक्त भएकी छन् ।
गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव नियुक्त भएको एक महिनापछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष बानियाँले खेलकुदलाई फरक ढंगबाट अघि बढाउने जिकिर गरे । उनले कामको पारदर्शिता र आर्थिक पारदर्शितासँगै खेलाडीको हकहितको लागि कर्पोरेट हाउससँग सहकार्य गर्ने स्पष्ट पारे । उनले खेलाडीको जीवन सुरक्षाको लागि कर्पोरेट हाउससँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
खेलकुदलाई स्वास्थ्य र पर्यटनसँगै जोडिने बताए । स्वास्थ्य नै धन हो भन्ने मान्यतासँगै खेलकुदको बातावरण बनाउने तर्फ आफनो पहलकदमी हुने दावी गरे । उनले निर्माण भएका पूर्वाधार संरक्षण र सम्बद्र्धन सबैको दायित्व र जिम्मेवार भएको समेत बताए । उनले खेलकुद सुधारको लागि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिवसँगको सहकार्यमा १२ बुदें योजना बनाइएको बताए । १२ बुदें योजनालाई कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…