
टस गर्दैै नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ।
पोखरा-करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिएपछि मलेसियाले नेपाल सामु ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । तीन व्याट्सम्यानले मात्रै दोहोरो अंकको रन बनाउँदा मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिन पुग्यो ।
तीन देशबीचको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार नेपाल र मलेसिया बीच प्रतिस्पर्धा भईरहेको छ । पहिलो दुई ओभरमा १७ रन खर्चिएपछि पहिलो विकेटको रुपमा करण केसीले अन्बर अरुद्धिनलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गराएपछि मलेसियाको पतन शुरु भएको थियो । अन्बर ८ रनमा खेल्ने क्रममा दुई चौका प्रहार गरेका थिए । अर्का ओपनर सायद अजिजलाई २० रनमा पभेलियन पठाउने काम भने दिपेन्द्रसिंह ऐरीले लिए । त्यसभन्दा अघि नै सोमपाल कामीले भिरन्दिप सिंहलाई ६ रनमा आउट गरे । करण केसीको बलमा विनोद भण्डारीले व्यक्तिगत ३ रनमा खेलिरहेका अहेमद फायजलाई रनआउट गरेपछि मलेसियाको ओपनिङ सस्तैमा आउट हुन पुग्यो ।
सार्भिन मुनियान्डी र साफिक सर्राफले इनिङ सम्हाल्ने प्रयास गरे । मुनियाण्डीलाई करण केसीले कुशल भुर्तेलको हातबाट व्यक्तिगत २० रनमा आउट गरेपछि लामो समय साझेदारी हुनै पाएन् । सर्राफलाई सन्दीप लामिछानेले आउट गरेपछि तल्लो क्रममा व्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन् । सन्दीप लामिछानेले ३.५ ओभरमा सर्वाधिक २५ रन खर्चिएर २ विकेट लिए । सहबाव आलमले पनि ३ ओभरमा २० रन खर्चिएर १ विकेट लिएका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…