
अर्धशतक पुरा गरेपछि अभिवादन गर्दै कुशल ।
काठमाडौं- मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध सतक पूरा गरेका छन् । ४१ बलको सामना गरेको कुशलले ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ६१ रनको पारी खेले ।
यस अघि भएको पहिलो खेलमा कुशल र आशिफ दुबैले नेदरल्यान्ड्सविरुद्ध अर्धसतकीय इनिङ्स खेलेका थिए । जितका लागि ८ रन आवश्यक हुँदाको अवस्थामा कुशललाई साथ दिएका अशिफ शेख ४२ रनमा पवेलियन फर्किए । २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेको आशिफ पछि ब्याटिङमा आएको उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहँदा नेपालले लक्ष्य भेटाउन सफल भएको छ ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेशियाले १६।५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । अनवर अरुदिनलाई ८ रनमा पवेलियन फर्किएका थिए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । टोलीले ३४ रन बनाउँदा ३ रनमा मैदानबाट बाहिरिन बाध्य बने ।
तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंह ६ रनमा सोमपालको बलमा बोल्ड भए । चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिज २७ रनको योगफल तयार पार्दा दिपेन्द्रसिंह ऐरीको बलमा आशिफ शेखबाट समातिए । अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट निकाल्दा सन्दिप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नाममा एक एक विकेट रह्यो ।
जितसँगै नेपालले शृखंलामा लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्षता कायमै राखेको छ । २ खेलमा स्पष्ट जित निकालेको नेपालको ४ अंक भएको छ भने दुई मध्ये एक खेलमा जित निकालेको नेदरल्यान्ड्स २ अंकका साथ दोस्रो र अंकविहिन मलेशिया तेस्रो स्थानमा छ । अर्को खेल नेपालले मंगलबार त्रिभुवन विश्व विद्यालयको मैदानमा नेदरल्यान्ड्सँग खेल्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…