
नेपाल सुपर लिग
काठमाडौ- आगामी शनिबारबाट आयोजना हुन लागेको नेपाल सुपर लिगले बल पार्टनरको रुपमा निभियालाई जोडेको छ ।
राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थपारबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतसँगै अब एनएसलमा निभियाको बल खेल्न प्रयोग हुने भएको छ । निभियाले सहभागि टोलीले अभ्यासका लागि यस अघि नै बल उपलब्ध गराईसकेको छ । सम्झौता कार्यक्रमपछि बोल्दै एनएसएलका प्रमुख कार्यत्रकारी अधिकृत ९सिईओ० सुदिप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाली फुटबलमा फर्किएको प्रतिक्रिया दिए ।
‘निभियासँग जोडिन पाउँदा खुसी लागेको छ । यो बल नेपाल बाहेक भारत लगाएतका अन्य दक्षिण एसियाली राष्ट्रमा प्रयोग भएको छ,’ एनएसएलका सिईओ शर्माले भने, ‘निभिया नेपाली फुटबलमा पुनः फर्किएको छ ।’ यस्तै निभियाका प्रतिनिधि किशोर थपारले अफिसियल बल पार्टनर रुपमा नेपालको पहिलो फ्रेन्चाइज लिगमा जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ देखी जेठ १० गते सम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…