
टस गर्दैै नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ।
पोखरा-सातौं नम्बरमा आएका अलराउण्डर करण केसीको विष्फोटक व्याटिङ गरेपछि नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कुशल मल्लसँग जमेका करणले केवल १३ बल खेल्ने क्रममा ४५ रन हिर्काए । अर्धशतक नजिक पुगेका केसी सायज अजिजको बलमा अन्वर रहमानको हातबाट क्याच भए । उनले १८ औं ओभरमा चार छक्का हिर्काउँदै नेपालको नेटरनरेटलाई माथि पुर्याएका थिए । कुशल मल्लले १० बलमा १९ रन बनाउँदै अविजित रहने क्रममा ६ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल भने आज सस्तैमा आउट हुन पुगे । उनी केवल १६ रनमा पवेलियन फर्किएपछि आशिफ शेखसँगको पार्टनरसिप टुटेको थियो । शेखले भने बिहीबार ३२ बलमा ४२ रन बनाए । एलबी डब्लुको धरापमा पर्नु अघि उनले ३ चौका र ३ छक्का हिर्काए । कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन पनि आज उल्लेखनीय नै रह्यो । उनले पनि ४१ रनको पारी खेले । २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै रन उकासे ।
उपकप्तान दिपेन्द्रसिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्काको मद्धतबाट ३३ रन बनाए । मलेसियाका बलर सायद अजिज, अन्वर रहमान र फित्री सामले समान २÷२ विकेट लिएका थिए ।नेपाल, मलेसिया र नेदरल्याण्ड बीचको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आजको प्रतिस्पर्धामा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसिया व्याटिङ गरिरहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…