नेपाल त्रिकोणात्मक टी- २० सिरिज च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ११ गते २०७८ मा प्रकाशित


नेपाल सिरिज च्याम्पियन

पोखरा-नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार त्रिभुवन विश्वद्यालयको मैदानमा भएको फाईनलमा टस हारेर व्याटिङ गरेको नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको थियो नेदरल्याण्ड ९६ रनमै समेट्दै उपाधि रक्षा गरेको हो ।

म्याक्स ओ डोडले ओपनिङ गर्दै २० रन बनाए । पिटर सेलर १३ रनमा आउट भए । सेवास्टियन ब्रातले नटआउट २६ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउनबाट चुके । अघिल्लो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै आत्मविश्वासी देखिएको नेदरल्याण्डका भरपर्दा व्याट्सम्यानलाई नेपाली बलरले दोहोरो अंकको रन बनाउन बन्चित गराउँदै पभेलियन पठाएपछि नेदरल्याण्ड सस्तैमा समेटएको थियो ।

करण केसीले ३ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेर कमलसिंह ऐरीले समान दुई दुई विकेट लिएका थिए । यसअघि नेपालले टस हार्दै ओपनर कुशल भुर्तेले र कुशल मल्लको अर्धशतकीय योगदानमा ३ विकेटको क्षतिमा २३८ रन बनाउँदै २० ओभरको इनिङ्ग पुरा गर्यो ।

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले टस हार्दै व्याटिङ गर्दै भुर्तेलको उत्कृष्ट इनिङ खेल्ने क्रममा ७७ रन बनाए । पहिलो विकेटको रुपमा नेपालले आशिष शेखलाई गुमाउन पुथ्यो । आशिष शेख व्यक्तिगत १६ रन बनाउने क्रममा क्याच हुदैं क्रिज छाड्दा केवल ८ बलको मात्रै सामना गरेका थिए । तेस्रो नम्बरमा आएका कप्तान ज्ञानेन्द्र मल्लले पनि मध्यम प्रदर्शन गरे । उनी पनि १९ बल खेल्दे ३३ रनबाट माथि उठ्न सकेनन् । फिलिपे बोसेभायनको बलमा पिटर सिलरको हातबाट क्याच भएपछि पभेलियन फर्किए ।

नेपालले तेस्रो विकेटको रुपमा ओपनर भुर्तेललाई गुमाउन पुग्यो । क्रिजमा आफनो उत्कृष्ट व्याटिङ देखाईरहेका भुर्तेल सेबास्टियन ब्रातको बलमा पिटर सिलरको हातबाट क्याच भए । भुर्तेलले ५३ बल खेल्ने क्रममा ७७ रन बनाई महत्वपूर्ण शुरुवाती गरे । उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनले कुशल मल्लसँग तेस्रो विकेटको लागि ७६ रनको साझेदारी निभाए । चौथो विकेटको लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले ६२ रनको साझेदारी गरेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसिया विरुद्ध २१७ रन बनाएको नेपालले नेदरल्याण्डलाई टी–२० मा सर्वाधिक योगफलको चुनौति दिने क्रममा २३८ रन बनायो । मल्लले दुई चौका र ५ छक्काको मद्धतमा ५० रन पुरा गरेका थिए । उनको यो पहिलो अर्धशतक समेत हो । मल्ला र ऐरीले ७५ रनको साझेदारी निभाए । ऐरी दुईरनले अर्धशतक बनाउनबाट चुके । दुवैले अविजित खेले । ऐरीले १८ बलमा ५ चौका ३ छक्का हिर्काउँदै ४८ रनमा नटआउट रहे । उत्कृष्ट व्याट्सम्यानको पुरस्कार कुशल भुर्तेलले थापे ।