
पोखरा थण्डर्स टोली ।
पोखरा-पोखरा थण्डर्स खुकुरी नेपाल सुपर लिग अन्तर्गत पहिलो खेलमा बुटवल लुम्विनी एफसीसँग पराजित भएको छ । आईतबार पोखरा थन्डर्सलाई २-०ले पराजित गर्दै लुम्बिनीले जित निकाल्यो । जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
बुटवल लुम्विनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले गोल गरे । पहिलो गोल फ्रिकिक मार्फत सम्भव हुन पुग्यो । दोस्रो गोल भने उपहार पाएको थियो । ४२औं मिनेटमा मानबहादुर परियारको फ्रिकिकलाई अर्मान्डको फ्रि हेडर गोलमा परिणत भएको थियो । पोखरा थन्डर्सले पोष्ट आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन् । अर्मान्डले गोलकिपर मात्रै भएको अवस्थामा समेत अवसरलाई चुमाउन पुगे ।
१४औं मिनेटमा नवयुग श्रेष्ठले काउन्टर एट्याकमा बल अघि बढाउँदै गर्दा अघि बढेका बुटवल लुम्बिनीका गोलरक्षक विशाल श्रेष्ठले उनीमाथि पेनाल्टी बक्सबाहिर फल गर्न पुगेका थिए । उक्त फ्रिकिलाई नितिनले सदुपयोग गर्न सकेन । २३औं मिनेटमा नवयुग श्रेष्ठको पेनाल्टी बक्सभित्रको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो ।
७७औं मिनेटमा पोखरा थण्डर्सले आत्मघाती गोलको उपहार बुटवल लुम्बिनी एफसीलाई दियो । अजित भण्डारीले आत्मघाती गोल गरेपछि बुटवल लुम्विनीले अग्रता दोब्बर बनायो । अमिर श्रेष्ठको क्रसलाई अजितले क्लियर गर्न खोज्दा खुट्टामा लाग्दै गोलमा परिणत हुन पुग्यो । गोलरक्षक दीप कार्कीले बचाउने प्रयास गरेपनि विफल भए ।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…