
अप्रिला स्कुटर हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक अनुजकुमार बास्तोला ।
पोखरा-गत चैतमा सम्पन्न १९ औं सस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।
गोल्डकपमा संकटाका गोलकिपर थापा उत्कृष्ट घोषित हुदैं स्कुटर प्राप्त गरेका थिए । स्कुटर सोमबार मात्रै हस्तान्तरण गरिएको हो । सिताज लाईफस्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले सर्वोत्कृष्ट खेलाडी घोषित थापालाई स्कुटर हस्तान्तरण गरेका हुन् । अप्रिलाले गोल्डकपको लागि सर्वोत्कृष्ट खेलाडीको प्रायोजन गर्दै स्कुटर प्रदान घोषणा गरेको थियो ।
अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचालेको हो । छैटौं सहभागितामा संकटाले उपाधि उचाल्न अफ्रिकन रुट्सको चुनौतिलाई पेनाल्टीसुटआउटमा पन्छाएको थियो । पेनाल्टी सुटआउटमा संकटाका गोलकिपर राजाबावु थापाले अफ्रिकन खेलाडीको एक पेनाल्टीलाई बचाउ गरेपछि उपाधि पक्का भएको थियो । अफ्रिकन रुट्स भने पोखरामा आयोजित आहा रारा गोल्डकप खेल्न पहिलो पटक आईपुगेको हो ।
स्कुटर हस्तान्तरणमा सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष हरिराम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…