
नेपाल सुपर लिग ।
काठमाडौं-पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि प्राप्त पेनाल्टी अवसरलाई अमित तामाङले सदुपयोग गद चितवनलाई हारबाट जोगाए ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबैले आक्रामक खेल खेलेका थिए । तर दुबै टोलीले राम्रा अवसर बनाए पनि फिनिसिङमा चुकेका थिए । यस अघि २१ औं मिनेटमा ललितपुरले पेनाल्टी अवसर गुमाएको थियो । कमल श्रेष्ठले प्रहार गरेको कर्नर बल नियन्त्रण गर्ने क्रममा निरज बस्नेतलाई चितवनका गोरान जर्काभिजले फल गरेपछि ललितपुरले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहारमा आएका अञ्जन विष्टको प्रहार चितवनका गोलकिपर विशाल सुनारले दोहोरो बचाउ गर्दा ललितपुर स्तब्ध बनेको थियो । त्यसपछि पनि चितवनले बनाएका केही राम्रा अवसरलाई गोलकिपरले विफल पार्दै पहिलो हाफ टारेका थिए ।
बराबरीसँगै चितवनले नेपालमा पहिलो पटक आयोजना भएको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा बराबरीबाट सुरुआत गरेको छ । उता दुई खेलमा ललितपुरले १ अंकको खाता खोलेको छ । प्रतियोगितामा मंगलबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच खेल हुनेछ । धनगढीले विराटनगरसँग ३–० को पराजय भोग्दै सुरुआत गरेको थियो भने काठमाडौं रेजर्सले ललितपुरलाई १–० ले पराजित गर्दै प्रतियोगिता सुरुआत गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…