
काठमाडौं- धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटलबल क्लबले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँडेको हो । पहिलो हाफमा दबाबमा रहेर खेलको धनगढीले दोस्रो हाफ सम्हालिएको प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ७२औं मिनेटमा ओलावाले आफिजले गोल गरेर धनगढीका अग्रता निकालेका थिए । तर त्यसको सात मिनेट पछि नै बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रञ्जन विष्टले गोल गर्दै ललितपुरलाई खेलमा फर्काएर हारबाट जोगाए ।
वर्षाका कारण चिप्लो रहेको मैदानमा दुबै टोलीले आक्रामक देखिएका थिए । रोमाञ्चक बनेको खेलमा ललितपुरले अधिकांस समय बलमा नियन्त्रण राखेको थियो । यस अघि पहिलो हाफमा ललितपुर पेनाल्टी अवसरलाई सदुपयोग गर्न चुकेको थियो । आइकोनिक खेलाडी तथा धनगढीका गोलकिपर किरण चेम्जोङले नियन्त्रमा लिएको बललाई रिलिज गर्ने क्रमा ललितपुरका स्ट्राइकर अञ्जन विष्टलाई अनावश्यक फाउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसर प्रहार गर्न आएका विदेशी खेलाडी नुर्लानको फितलो प्रहार किरणले सहजै नियन्त्रमा लिन सफल भएका थिए ।
यस अघि पाँचौ मिनेटमा अन्जन विष्टले गोल गरेपछि रेफ्रिले अफसाइडको इसारा दिएका थिए । अन्तिम तिर दुबै टोलीले स्पष्ट जितका लागि निकै प्रयास गरे । तर सफल हुन सकेनन् र दुबै टोलीले १÷१ अंक बाँड्न बाध्य भए । यससँगै धनगढीले तीन खेलबाट तालिकामा ४ अंक बनाएको छ । ३ खेलबाट २ अंक जोडेको ललितपुर तालिकाको पुछारमा छ । दुई खेल खेलेको बुटवल लुम्बिनी ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच खेल हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…