
काठमाडौ- दोस्रो हाफमा सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा धनगढी फुटबल क्लबसँग एफसी चितवन राजधानीमा जारी खुकुरी नेपाल सुपर लिगमा पराजित भएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा चितवनले गरेका केही प्रयास गोलपोस्टको बारमा लागेर फर्किएका थिए भने धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।
तर दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान प्रवेश गरेको धनगढीले अन्तिम १६ मिनेट भित्र तीन गोल गर्दै जारी लिगमा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । धनगढीको जितमा निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको धनगढीले दोस्रो हाफमा प्राप्त मौकालाई सदुपयोग गर्दै तीन अंक जोड्न सफल भएको हो । ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १–० को अग्रता बुनेको थियो भने ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३–० को जित निश्चित गरेका थिए ।
खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिएर २५ हजार रुपैयाँ प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
जारी लिगमा दोस्रो जित निकालेको धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । उता पहिलो हार भोगेको चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ ।
चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो । प्रतियोगितामा भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…