
बुटवल लुम्बिनी विरुद्ध बल अगाडि बढाउँदै काठमाडौं रेजर्सका खेलाडी ।
काठमाडौं- बुटवल लुम्बिनी क्लबलाई हराउँदै काठमाडौं रेजर्स राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न प्रतिस्पर्धाबाट काठमाडौंले बुटवललाई १–० ले स्तब्ध बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । पाँचौं मिनेटमा नै विदेशी खेलाडी स्टेफेन बिनोङले गरेको गोल निर्णायक बन्दा काठमाडौंले तालिकामा स्थान सुधार गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
महत्वपूर्ण तीन अंक जोड्दा सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको मौकालाई विट गर्दै स्टेफेनले सहज रुपमा जाली चुमाउन सफल भएका हुन । सुरुआत प्रतिस्पर्धात्मक भएको खेलमा काठमाडौंले बुटवललाई दबाब दिएर खेलेको थियो । दबाबका बापजुत पनि काउन्टर गरेको बुटवलले गोलका लागि निरन्तर प्रयास गरे पनि विफल भएको थियो । चौंथो मिनेटमा काठमाडौंका तेज तामाङको क्रसमा स्टेफेन बिनोङको हेडरबलले गोलको दिशा लिनै लाग्दा बुटवलका गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट उत्कृष्ट बचाउ गर्दै टोलीको खतरा टारेका थिए ।
खेलको छैटौं मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाई पेनाल्टी क्षेत्रमा लडाएपछि बुटवलले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गर्न आएका बुटवलका विलियम ओपोकुको प्रयासलाई काठमाडौंका गोलकिपर विकेश कुथुले उत्कृष्ट पन्च गर्दै बाहिर पठाउँदा काठमाडौंको बराबरी अवस्था टरेको थियो । १८ औं मिनेटमा कर्नरबाट आएको बलमा छिरिङ गुरुङको प्रहार बुटवलका डिफेन्डर ओलोलाजा करिमले गोललाइनबाट बचाए । ६४ औं मिनेटमा आशिष लामाको प्रहार पोस्टको नजिकैबाट बाहिरिदा बुटवल बराबरी गर्न असफल भएको थियो ।
अघिल्लो चरण प्रवेशका लागि जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएका दुबै टोलीले बाँकी समयमा गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । र काठमाडौं ३ अंकको हकदार बन्यो । जितसँगै काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले ४ खेलमा ७ अंक जोडेको छ । जारी लिगमा पहिलो हार भोगेको बुटवल शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा झरेको छ ।
खेलमा काठमाडौं रेजर्सका विकेश कुथु सुपर प्लेयस अफ दी म्याच घोष्यिात हुँदै नगद २५ हजार रुपैयाँ हात पार्दा काठमाडौंकै सुदिल राईले इमर्जिङ प्लेयर्सको उपाधि जिते । राईले नगद १० हजार हात पारे । प्रतियोगितामा भोलि धनगढी फुटबल क्लब र पोखरा थन्डर्सबीच खेल हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…