
पोखरा-गत चैतमा पोखरा रंगशालामा दुईवटा काम गर्न उपभोक्ता समितिसँग राष्ट्रिय खेलकुद परिषदले सम्झौता गर्यो । चैतको १२ गते रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न सम्झौता भयो । चैत २३ गते पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । उपभोक्ता समितिले बैंकमा खाता खोले । अस्थायी लेखा नम्बर(पान) समेत लिए । तर राष्ट्रिय खेलकुद परिषदबाट सम्झौता अनुसार रकम भने खातामा आईपुगेन् । रकम खातामा नआउँदा काम अघि बढेन् ।
पार्केटिङ गर्न पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समिति गठन गरिएको छ । समितिसँग परिषदले ९० लाखमा पार्केटिङ गर्ने गरी सम्झौता गरेको हो । टेण्डर आह्वान गरिदाँ ढिलो हुने भएकोले बजेट घटाउँदै उपभोक्ता समिति मार्फत काम गर्ने गरी सम्झौता गरिएको हो । ‘सम्झौता पछि खाता खोल्यौं । तर पैसा आएको छैन्’ समितिका सचिव यामबहादुर गुरुङले भने–‘पैसा नआउँदा काम ठप्पै छ ।’
बैशाख दोस्रो साता नलाग्दै कोरोनाको दोस्रो लहर शुरु भईसकेको थियो । बैशाख ९ गतेदेखि जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखराका कार्यालय प्रमुखद्वय प्रकाश बराल र लक्ष्मणप्रसाद योगीको हस्ताक्षरयुक्त सूचना टाँस गर्दै पोखरा रंगशालाभित्र कुनैपनि खेलकुदका गतिविधि नगर्न नगराउन भन्दै रोक लगाइयो । ‘पैसा आएको छैन् । यो वर्ष पैसा फ्रिज हुने सम्भावना बढ्दै गएको छ ।’ जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष समेत रहेको निर्माण उपभोक्ता समितिका सचिव गुरुङले बताए ।
पोखरा रंगशालाभित्रकै क्रिकेट मैदानको लागि २५ लाख रुपैयाँ छुट्टाइएको थियो । छुट्टाइएको बजेटबाट कास्की जिल्ला क्रिकेट संघले मैदान संरक्षण गर्न फेन्सिङ लगाउने निर्णय गरेको थियो । फेन्सिङ लगाउने निर्णयसँगै पोखरा रंगशाला क्रिकेट मौदन निर्माण उपभोक्ता समितिसँगै परिषदले चैत २३ गते सम्झौता गरेको हो । ‘पैसा आएको छैन् । पैसा नआएपछि कसरी काम गर्ने हो ।’ समितिका अध्यक्ष कमल थापाले बताए ।
कोरोनाको दोस्रो लहरसँगै कडा निषेधाज्ञा शुरु हुन पुग्यो । निषेधाज्ञाकै कारण कामहरु ठप्प भएका छन् । राष्ट्रिय खेलकुद परिषदका प्रशासनिक विभागीय प्रमुख कुलबहादुर थापाले सम्झौताको फाईल निषेधाज्ञाको दुई दिन अघि मात्रै आईपुगेको प्रष्ट्याए । ‘लकडाउन हुनुभन्दा दुई दिन अघि मात्रै कागजपत्र आईपुग्यो,’ उनले भने । बर्तमान अवस्था कहिलेसम्म लम्बिन्छ यकिन छैन् । यद्यपी राखेपका कार्याकारी समितिका सचिव समेत रहेको थापाले समितिले काम गरेर टुग्याए परिषदले बजेट निकासा गरिदिने बताए ।
‘समितिले काम टुग्याएर विल पेश गरे बजेट आउँछ । त्यसको लागि जिल्ला, क्षेत्रीय खेलकुदका कार्यालय प्रमुख तथा इन्जिनियरले सिफारिस गरेर पठाउँदा हुन्छ ।’ उनको भनाई थियो । तर समितिले भने बजेट नआई काम गर्ने अवस्था नभएको जिकिर गर्दै आएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…