
काठमाडौं- नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष प्रदान गरेको छ । फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर बिषयक कोर्ष संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्ने छन् ।
ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिव ५ हप्ता संचालन हुने कोर्षमा ट्राईयाथलनका १५ प्रशिक्षकहरुलाई ज्ञानपूर्ण कुराहरु प्रदान गरिने छ । कोर्षमा शारीरिक परिपक्वता , युवा खेलाडीहरुको शारीरिक र शारीरिक बिशेषताहरु प्रशिक्षण क्षमताको संवेदनसिल , एरोबिक सहनशिलता , शक्ति सहनशिलता , गति विकास र रेस बिशेष बिषयमा अध्यापन गराईने छ ।
बिश्व ट्राईयाथलन संघले हालै संचालन गरेको फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर बिषयक ६ हप्ते कोर्षमा सहभागी भएका महासचिव एवं प्रमुख प्रशिक्षकले आफुले प्राप्त ज्ञानलाई नेपाली प्रशिक्षकहरुलाई प्रदान गर्न लागेका हुन् । कोभिडका कारण घरमै बस्न बाध्य प्रशिक्षकहरुलाई सक्रिय जीवनमा ल्याउने र समयको सदुपयोग गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको यस कोर्षले नेपाली प्रशिक्षकमा युवा र जुनियर खेलाडीहरुको विभिन्न क्षमतालाई कसरी बिकास गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सहज हुने र ट्राईयाथलन खेलको विकास गर्न मद्धत पुग्ने महासचिवको बिश्वास रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…