
चर्चा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ।
पोखरा-तीन वर्ष वित्यो । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै बजेट विनियोजन गरियो । नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डा पोखरा ल्याईयो । त्यसपछि खेलकुद पूर्वाधार निर्माणको लागि बजेट बनाईयो । पूर्वाधारलाई बनाईएको बजेट अनुसार मन्त्रालयबाट छुट्टाईयो । तर बजेट लगातार फ्रिज हुदैं आएको छ । पूर्वाधारको योजना अघि सारेपनि काम भने ठप्पै छ ।
तयारी नवौंलाई थियो । नवौंको लागि पोखरामा अत्यावश्यक पूर्वाधार स्वीमिङ पुल र सुटिङ रेन्जको छ । २०७५ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भयो । झण्डासँगै स्वीमिङ र सुटिङको योजना आयो । योजना कागजमा मात्रै रह्यो । बजेट एकवर्ष अर्को वर्ष फिर्ता हुदैं गएपछि योजनाको सम्भावना भने कमजोर हुदैं गएको छ ।
‘२०७५ सालमा अध्यक्ष हुदाँ नवौंको लागि झण्डा बोकेर ल्याएपछि आवश्यक पूर्वाधारको योजना बनाईयो । त्यसको लागि बजेट पनि माग गरियो’ बर्तमान राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–‘योजना बन्यो । बजेट छुट्टियो । काम अघि बढाउने तर्फ चासो कम भयो ।’ २०७६÷०७७ र ०७७÷०७८ को आर्थिक वर्ष बजेट छुट्टिएर पनि टेण्डर आह्वान हुनै नसक्दा थाँती रहेको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले बताए ।
‘कोरोनाले एक वर्ष समय त्यसै खेर गयो । टेण्डर आह्वान हुन सकेन् ।’ उनको भनाई थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टेण्डर आह्वान गर्दा ठेकेदार कम्पनीलाई दिनुपर्ने ‘मोवाईलाज्इड’ पैसा नहुदाँ टेण्डर प्रक्रियामा लैजान नसकिएको पोखरामै सञ्चारकर्मीसँगको कुराकानीमा खुलासा गरेका थिए । २५ मिटर चौडाई र ५० मिटर लम्बाईको हिटिङ स्वीमिङ पुल बनाउने चर्चासँगै ४० करोड भन्दा बढी खर्च हुने अनुमान थियो ।
दुवै योजनालाई परिषदले ५०÷५० छुट्टिएको छ । दुईवर्ष यता बजेट छुट्टिदैं फिर्ता भएको छ । एक वर्ष कोरोना कहर रह्यो । ०७६ चैत ११ गतेदेखि लकडाउन हुन पुग्यो । तीन महिना पूर्ण रुपमा लकडाउन भयो । त्यसपछि खुकुलो हुदैं गएपछि खेलकुद पूर्वाधार निर्माणमा परिषदले टेण्डर आह्वान गर्नै सकेन् । आर्थिक वर्ष सकिनै लागेको छ । दुई महिना अघि मात्रै ९० लाख रुपैयाँको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । तर त्यो पनि पेश्की बजेट नआउँदा काम हुन सकेको छैन् ।
‘बजेट छ । तर टेण्डर नहुदाँ स्वीमिङ र सुटिङको पूर्वाधारको काम अघि बढाउन सकिएको छैन्’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालयका प्रमुख लक्ष्मणप्रसाद योगीले सुनाए । उनका अनुसार गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा २ करोड २० लाख रुपैयाँ छुट्टिएको छ । छुट्टिएको बजेटबाट विभिन्न उपभोक्ता समिति मार्फत काम भने भईरहेका छन् ।
समितिका प्राविधिक अनिल अधिकारीका अनुसार नवौं राष्ट्रिय खेलकुद पूर्वाधारको लागि विगतको बजेटलाई सानो आकारमा विनियोजन गर्दै काम भईरहेको बताए । ‘यो वर्ष विभिन्न योजनालाई २ करोड २० लाख विनियोजन भएको थियो ।’ उनले भने–‘ सबै जिल्लामा काम भने केही भईसकेको र केही पुरा हुने चरणमा रहेका छन् ।’ यो आर्थिक वर्षको लागि पोखरा रंगशालाभित्रको कभर्ड हल पार्केटिङ गर्न ९० लाख, क्रिकेट मैदान वरिपरी तारजाली लगाउन २५ लाखको सम्झौता भएको थियो । तर काम हुन सकेको छैन् ।
त्यस्तै ज्येष्ठ नागरिक कभर्ड हल पोखरा–१९ लाई ५० लाख रुपैयाँ छुट्टाइएको थियो । लमजुङको गौलीटार रंगशाला ५० लाख रुपैयाँ यो आर्थिक वर्षको लागि थियो । बाँकी जिल्लामा कभर्ड हल तथा अन्य पूर्वाधार बनाउने योजना अनुसार १०÷१० लाख रुपैयाँ छुट्टाईएको थियो । सानो बजेट अधिकांश कार्यान्वयनमा आएको प्राविधिक अधिकारीको भनाई थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…