
नेपाली फुटबल टोली इराक प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थलमा फोटो खिचाउँदै ।
काठमाडौ-इराकसँगको मैत्रिपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको छनोट खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली आज इराक तर्फ प्रस्थान गरेको छ ।
इराकसँग मैत्रिपूर्ण खेल खेलेर कुवेतामा हुने छनोट खेल खेल्न ३५ सदस्यीय नेपाली टोली आज इराक जान लागेको हो । कतार एयरवेजमार्फत जाने नेपाली टोली आजै राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।
कुवेतका प्रशिक्षकको प्रशिक्षणबाट नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो । अन्र्तराष्ट्रिय तालिका अनुसार जेठ १५ गते इराकसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने छ । इराकसँगको खेल पछि नेपाली टोली फिफा विश्वकप छनोट खेल्न उतैबाट तटस्थ स्थल कुवेत पुग्ने छ । कुवेतामा नेपालले विश्वकप र एसियन कप छनोट खेल्ने छ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । उक्त छनोट खेल खेले पछि टोली जेठ २९ फर्किने तालिका रहेको छ ।
छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा ३ अंक रहेको छ । चाइनिज ताइपेयलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइननिज ताइपेय तालिकाको अन्तिम स्थानमा अंक विहिन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…