
कभर्ड हल फाईल तस्बिर ।
पोखरा- आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न र क्रिकेट मैदानको वरिपरी तारजाली लगाउन बजेट उपभोक्ता समितिको खातामा पठाएको छ । पठाएको रकमबाट उपभोक्ता समितिले असारको दोस्रो साताभित्रमा पहिलो किस्ताको रकम अनुसार कामको विवरणसहित विल पेश गर्नुपर्ने छ ।
‘दुवै उपभोक्ता समितिको खातामा पैसा आईसकेको छ । दुवै समितिलाई पहिलो किस्ता वापतको पैसा आएको हो । त्यही अनुसार काम गरेर विल भरपाई पेश गर्नुपर्ने हुन्छ ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका ईन्जिनियर अनिल अधिकारीले भने–‘परिषदसँग भएको सम्झौता अनुसार काम गर्नुपर्छ । खेलकुद समितिले पनि त्यही अनुसार विल भरपाई हेरेर कामको विवरण अनुसार फाईल केन्द्रमा पठाउँछ ।’
पार्केटिङ गर्न पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समितिसँग परिषदले सम्झौता गरेको हो । परिषदले ९० लाखमा पार्केटिङ गर्न जिम्मेवारी दिएको हो । पोखरा रंगशाला क्रिकेट मौदन निर्माण उपभोक्ता समितिसँगै परिषदले २५ लाख रुपैयाँमा तारजाली लगाउन सम्झौता गरेको थियो । ‘बजेट खातामा आएको छ । अब पोखराका केही ठूला काष्ठ उद्योगसँग पार्केटिङको लागि काठ उपलब्ध गराउन कोटेशन मागिने छ ।’ पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समितिका सचिव यामबहादुर गुरुङले भने–‘एकदुईदिन भित्रैमा कोटेशन मागेर काम अघि बढाउँछौं । अन्यथा काम ढिलो हुन्छ ।’
कभर्डहल ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ । पार्केटिङ गर्न पहिलो किस्ता वापत ३० लाख रुपैयाँमा समितिको खातामा आएको छ । क्रिकेटको भने पहिलो किस्ता स्वरुप ७ लाख रुपैयाँ समितिको खातामा आईपुगेको छ । कभर्ड हलमा १३ हजार ८ सय स्क्वायर फिटमा पार्केटिङ गरिने छ । प्राविधिक अधिकारीका अनुसार एक इन्चको मोटाई हुनुपर्ने छ । हल भने ४६ मिटर लम्बाई र २७ मिटर चौडाईको छ । त्यही हलमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता आयोजना गरिएको थियो ।
क्रिकेट मैदानमा चारफिट अग्लो तारजाली अग्लो लगाईने छ । मैदान छिर्नको लागि विभिन्न ठाँउमा ६ वटा प्रवेशद्वार राखिने छ । मैदानमा हाल ४ वटा पीच छन् । तीन वटा पीच थप्न गर्नुपर्ने छ । पीचको मध्यविन्दुबाट ७३ मिटरमा तारजाली लगाईने छ । कास्की जिल्ला क्रिकेट संघले पनि मैदान संरक्षण गर्न तारजाली नै लगाउनुपर्नेमा जोड दिदैं आएको छ । संघका अध्यक्ष सन्जयकान्त सिग्देलले मैदान संरक्षण अनिवार्य भएकोले तारजाली पहिलो प्राथमिकतामा रहेको बताए । तारजाली गरेपछि मात्रै मैदानको लेभल अनुसार माटो फिलिङ गरिने उल्लेख गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…