
पोखरा-पोखरामा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको रकम राष्ट्रिय खेलकुद परिषदले १८ महिनापछि निकासा गरेको छ । २०७६ साल मंसिर १५ गतेदेखि २४ गतेसम्म पोखरामा विभिन्न ८ वटा खेलहरु आयोजना गरिएको थियो । महिला क्रिकेट, ह्याण्डबल(महिला तथा पुरुष) , बीच भलिबल(महिला तथा पुरुष), भारोत्तोलन, महिला फुटबल, व्याडमिन्टन(महिला तथा पुरुष), ट्रायथोलन लगायतका खेलहरु सञ्चालन गरिएको थियो ।
परिषदले पोखराको विभिन्न ६ वटा शीर्षकमा गरी ८२ लाख रुपैयाा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको खातामा पठाइएको छ । परिषदले पत्रचार गर्दै बैशाख १० गते अर्थ मन्त्रालय सृजित दायित्व भुक्तानी माग गरे बमोजिम निर्णय अनुसार ८२ लाख रुपैयाँ निकासा गरिएको उल्लेख छ ।

‘ सागमा भुक्तानी दिनुपर्ने विभिन्न शीर्षकको रकम परिषदले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाईसकेको छू’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–‘रकम निकासा पछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आवश्यकता अनुसार सम्बन्धीत संघ एवं सरोकार निकायलाई निकासा गरिदिने छ ।’
परिषदले महिला क्रिकेट भेन्यु निर्माणको लागि ४५ लाख रुपैयाँ, पोखरा ह्याण्डबल एकेडेमी निर्माणको लागि ३ लाख, बीच भलिबल भेन्यु निर्माणलाई ७ लाख बजेट निकासा गरिएको उनले जानकारी दिए । उनका अनुसार भलिबल प्यारापिट निर्माणको लागि १४ लाख, बैकल्पिक फुटबल खेलमैदान निर्माणको लागि ५ लाख, पोखरा रंगशाला परिसर मर्मत गर्न ८ लाख रुपैयाँ गरी ८२ लाख रुपैयाँ एकमुष्ठ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा सिधै जम्मा हुने गरी पठाईएको छ ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । फेवाताल किनार बाराही खेल मैदानमा विच भलिबल कोर्ट निर्माण गरिएको थियो । रंगशालाभित्रै बैकल्पिक फुटबल मैदान निर्माण गरिएको थियो । बैकल्पिक फुटबल मैदान भने दुई पटक उपभोक्ता समिति गठन गरेर निर्माण गरिएको थियो ।
रंगशाला परिसरमा भएका केही पूर्वाधारलाई मर्मत गर्न रकम आएको थियो । ‘रकम आएको छ । त्यसले तिरनतारन गरिने छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘सबैको हिसाब किताब हेरेर भुक्तानी गर्ने छौं ।’


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…