
मुस्ताङको जोमसोममा निर्माणाधिन कभर्ड हल । तस्बिर सौजन्य सुमन थकाली(जि.खे.वि.स मुस्ताङ प्रमुख)
पोखरा-हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन् । तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ । काम निरन्तर छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । प्रदेशका नौ जिल्लामा आयोजना गर्ने योजनासहित विभिन्न जिल्लामा खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको हो । मुस्ताङमा पुरानो संरचना भत्काई नयाँ बनाउन शुरु गरिएको दुई वर्ष पुग्यो । झण्ड डेढ वर्ष कोरोनाको अस्तव्यस्तमै वित्यो । यद्यपी कोरोना कहरकै बीचमा काम भने निरन्तर भईरहेको छ । गतवर्ष सडक सञ्जाल टुटेपछि मुस्ताङमा काम केही महिना समस्या हुन पुग्यो । आवश्यक सामानको अभाव हुदाँ कामलाई तिब्रता दिन सकिएन् ।
मुस्ताङको सदरमुकाम जोमसोमा अन्तराष्ट्रियस्तरको कभर्ड हल निर्माण शुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक स्थानीय तह एक खेल मैदानको अवधारणा अनुसार ५० लाख रुपैयाँ बजेट छुट्टाईदिएको थियो । राष्ट्रिय खेलकुद परिषदबाट ४० लाख रुपैयाँ गत आर्थिक वर्षको लागि थियो । यो आर्थिक वर्ष सकिनै लागेको छ । यो आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको दशलाख रुपैयाँको सम्झौता भने राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवसँग गर्नुपर्ने प्रावधान छ ।
‘मन्त्रालय, खेलकुद परिषद र गाँउपालिकाको आर्थिक सहयोगबाट कभर्ड हल निर्माण भईरहेको छ’–जिल्ला खेलकुद विकास समिति मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले भने–‘कोरोना र बाढी पहिरोले बाटो अवरुद्ध हुदाँ काम जुन गतिमा जानुपर्ने हो त्यो भएन् । यद्यपी काम भने रोकिएको छैन् ।’ उनका अनुसार गाउँपालिकाले समपुरक बजेटबाट २५ लाख रुपैयाँ छुट्टाएको छ । ‘यो वर्ष गाँउपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।’ उनको भनाई थियो ।
जोमसोम २७ सय ४३ मिटरको उचाईमा छ । जोमसोम नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेवल टेनिस गर्ने योजना छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कभर्ड हल निर्माण शुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर अनिल अधिकारीका अनुसार कभर्ड हल ३० मिटर चौडाई र ४५.४ मिटरको लम्बाईको छ । भित्री खेल्ने कोर्ट भने लम्बाई ३४.६ मिटर र २०.२ मिटर चौडाईको रहने इन्जिनियर अधिकारीले सुनाए । चारवटा व्याडमन्टिन कोर्ट रहने छन् । ‘५५० दर्शक क्षमता प्यारापिट समेत निर्माण गरिने छ ।’ उनको भनाई थियो । विस्तृत परियोजना प्रतिवेदन अनुसार कभर्ड हलको लागत ८ करोड रुपैयाँ अनुमान गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…