
खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग
काठमाडौं- नेपाल तेक्वान्दो संघ, अन्तर्गत पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ । कोेभिड-१९ दोश्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुदा पारा कमिटिले खेलाडीहरु क्रमश दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ के।जी दाल र नगद रु ५,०००र( घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरिएको छ ।
खेलाडीहरुलाई खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट नगद रु ४०,०००र( सहयोगको लागि उपलब्ध गराएका थिए ।
उक्त सहयोग स्थालमा पारा कमिटिका सचिब एवं ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३ औं सागमा २ स्वणर्धारी मण्डे काजीले खेलाडीहरुको घरघरमा गई सहयोग प्रदान गरिएकोछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…