
काठमाडौं-घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार नेपाल सरकारले नगद सहित सम्मान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई फाइनल खेलको दिन घोषणा गरेको पुरस्कार प्रदान गरेका हुन । २३ खेलाडी र ३ प्रशिक्षकलाई सरकारले नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।
गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई दशरथ रंगशालामा २–१ ले पराजित गर्दै उपाधि जितेको थियो । सोही नेपाली टोलीका खेलाडी सदस्यलाई सरकारले जनही ४ लाख प्रदान गर्दा प्रशिक्षकले नगद २ लाख रुपैयाँ प्राप्त गरे ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । उपाधि जितेपछि सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा प्रधानमान्त्री केपी शर्मा ओलीले गरेका थिए । मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले पछिल्लो पटक सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…