
काठमाडौं-मित्र राष्ट्र फिलिपिन्समा मिति २०७८ भाद्र १३ देखि २०(अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१० सम्म) आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप २०२१ खेल्नबाट बञ्चित भएको छ ।
नेपालको महिला टिमको पहिलो पटक यस्तो ठुलो प्रतियोगितामा तथा ठुला राष्ट्रहरु संग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको छ ।
कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ ।
यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको छ । नेपाली खेलाडीहरुले यति ठुलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठुलै तयारी गरिरहेको थियो । यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…