
काठमाडौं-दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं साफ च्याम्पियनसिप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई औपचारिक प्रस्ताव गरेको एन्फाले बताएको छ ।
साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको हो । महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले बिस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाउने बताएका छन् ।
प्रस्ताव पठाएसँगै आयोजनाका लागि अगस्ट पहिलो साता बस्ने कार्यकारी बैठकबाट निर्णय हुनेछ । यस अघि जुलाई २३ मा सदस्य राष्ट्रहरुबीच साफ च्याम्पियनसिप आयोजना गर्ने विषयमा भर्चुअल बैठक भएको थियो । बंगलादेशले कोरोना महामारीलाई कारण देखाउँदै प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको थियो । र नेपालले आयोजनाका लागि प्रस्ताव गरेको थियो । औपचारिक प्रस्ताव एन्फालाई आएसँगै ६ दिन भित्र निर्णय हुने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।
‘प्रस्ताव आएको छ । नेपाल आयोजनाका लागि आतुर पनि छ । सरकारले आयोजनाका लागि सहयोग गर्ने जनाएको छ,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘नेपालले आयोजना गर्ने या नगर्ने ६ दिन भित्र निर्णय हुन्छ ।’
साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक भएको छ । पहिलो पटक १९९७ मा भएको थियो भने २०१३ मा दोस्रो पटक आयोजना गरेको थियो । दुबै संस्करणमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा स्तब्ध भएको थियो । साफ च्याम्पियनसिपमा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने नेपाल कुनै पनि संस्करणको फाइनलमा पुगेको छैन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…