लिग निर्धारित मितिमा गर्न क्लब सहमत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित


काठमाडौं-असोज ३ गतेबाट तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका लागि १४ क्लब सहमत भएका छन् । आइतबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफलमा क्लब सहमत भएका हुन ।

छलफलमा सबै क्लबले लिग खेल्न सहमत भएको तर खेलाडीको स्वास्थ्य र सुरक्षाको विषयमा भने चिन्ता व्यक्त गरेका छन् । ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लाल कुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारण राख्दा थ्री स्टार क्लबका महासचिव सञ्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापन पत्र लिग रोक्नको लागि नभई व्यवस्थित बनाउन भएको प्रतिक्रिया दिए । यस्तै छलफलमा अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले पनि खेलाडीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । यस्तै अन्य क्लबका पदाधिकारीले पनि स्वास्थ विषयमा गम्भीर हुन आयोजक एन्फालाई बैठकको क्रममा सुझाब दिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग निर्धारित मितिमा नै हुन र आयोजनाका लागि सरकार र स्वास्थ मापदण्ड पूर्ण रुपमा पालना गर्ने बताए ।