
पोखरा-गत बिहीबारदेखि उपल्लो मुस्ताङबासी खेलकुदको रौनकमा झुमेको छ । जनचेतना युवा क्लब लोमान्थाङको आयोजनामा दुईदिन अघिदेखि फुटबल र भलिबल प्रतियोगिता शुरु भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोग्याल जिङ्मी स्मृति कप’ लिगकम नकाउट फुटबल तथा भलिबल प्रतियोगिता शुरु भएको छ । फुटबल र भलिबलका लिगचरणका खेलहरु सञ्चालित छन् । शनिबार मात्रै भलिबलका चार खेल टुंगिएको छ ।
शनिबारको प्रतिस्पर्धामा चराङ युवाक्लब टीम एले घिलिङ युवा क्लबको टिम एलाई सोझो दुई सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१२ जितेको चाराङले दोस्रो सेटपनि २५–१५ले जित्दै नजिता आफनो पक्षमा पार्यो । यसैगरी अर्को खेलमा माउण्ड कैलाश किमलिङ युवा क्लबले दामोदरकुण्ड युवा क्लब यारालाई २५–५, २५–८ को सेटले पराजित गरेको थियो । तेस्रो खेलमा लो घेकर युवा क्लब मराङले बुद्धशान्ति युवा क्लब चराङ बीलाई २५–१८, २५–२०को सेटमा पन्छाएको थियो ।
शनिबारको चौथो तथा अन्तिम खेलमा कन्चोङ्लिङ युवा क्लब छोसेरले जनचेतना युवा क्लब टीम बीलाई २५–६, २५–१८ सेटमा पराजित गर्दै अगाडि बढ्यो । यसैगरी फुटबल तर्फको प्रतिस्पर्धामा उदयश्री युवा क्लब ठिनी एले दामोदरकुण्ड युवा क्लब यारालाई १–०ले पराजित गरेको छ । एक गोल पहिलो हाफ अघि नै पेनाल्टी मार्फत गोल गर्दै जित निकाल्यो । छिरिङ ढुण्डुपले पेनाल्टीमा गोल गरेका थिए ।क्लबका अध्यक्ष भुजुङ गुरुङका अनुुसार भलिबल र फुटबल प्रतियोगितामा विभिन्न १३ क्लबका १६ टोलीले प्रतिस्पर्धा गरेका छन् ।
भलिबल बेष्ट अफ थ्री र फाईनल मात्रै बेष्ट अफ फाईभमा प्रतिस्पर्धा गर्ने छन् । फुटबल भने १० जना खेलाडी मैदानमा उत्रिने छन् । फुटबलमा ३०÷३० मिनेटको प्रतिस्पर्धा गराईएको छ । उनका अनुसार फुटबल मैदान ८० मिटर लम्बाई र ५५ मिटर चौडाईको छ । प्रतियोगितामा फुटबल विजेताले १ लाख १ हजार १ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड पदक तथा प्रमाणपत्र पाउने छन् । उपविजेताले ५० हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्ने छ । भलिबल तर्फ विजेताले ७५ हजार र उपविजेताले ३७ हजार पाँच सय ५ रुपैयाँ नगद पुरस्कार थाप्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…