
चर्चा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ।
पोखरा-खेलाडीले अझै पूर्ण रुपमा कोभिड–१९ विरुद्धको खोप पाईसकेका छैनन् । खेलाडीले खोप नपाएपनि राष्ट्रिय खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्ने औल्याएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिदैं छ । परिषदले भदौदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्नुपर्ने जोड दिएको छ ।
‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भदौदेखि नै तयारी शुरु गर्नुपर्छ ।’ राष्ट्रिय खेलकुद परिषद कार्यकारी समितिका सचिव कुलबहादुर थापाले भने–‘भदौभित्र नै पूर्वाधारको लागि टेण्डर आह्वान गरिसक्नुपर्ने छ ।’
खेलाडीलाई खोप नलगाईकन नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना नरहेको जिकिर गण्डकी प्रदेश खेलकुद परिषदले गरेको छ । ‘खेलाडीले खोप लगाईसकेको अवस्था छैन्’ गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने–‘असोजभित्र खेलाडीलाई खोप लगाउन सकियो भने नवौं प्रतियोगिताको सम्भावना रहन्छ ।’ खेलाडीसँगै अफिसियललाई खोप उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।
‘असोजमा खोप पाईयो भने आशै मारिहाल्ने अवस्था छैन् ।’उनले थपे । उनका अनुसार खोपको व्यवस्थापन भए नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना रहन्छ ।१८ वर्षमाथिका ३५ खेलका खेलाडीलाई खोप लगाउन जरुरी देखिन्छ । यद्यपी छनोट प्रतियोगिताका १८ वर्षमाथिका खेलाडी मात्रै छान्नुपर्ने हुन्छ ।
खोप १८ वर्षमाथिका खेलाडीलाई मात्रै लगाउने योजना छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले पनि खेलाडीको लागि खोप उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय कास्की समक्ष निवेदन समेत दिईसकेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…