
पोखरा रंगशालाको क्रिकेट मैदान ।
पोखरा-पोखरा रंगशालामा पौडी पोखरी, सुटिङ रेन्ज निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले बजेट छुट्टाएको छ । पोखरा रंगशाला क्रिकेट मैदानको लागि समेत परिषदले रातो किताबमा एक करोड छुट्टाएको छ । परिषदले भदौदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्ने जनाउँदै भदौभित्रमा पूर्वाधार निर्माणको लागि बोलपत्र आह्वान गरिसक्नुपर्ने जनाएको छ ।
‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भदौदेखि नै तयारी शुरु गर्नुपर्छ ।’ राष्ट्रिय खेलकुद परिषद कार्यकारी समितिका सचिव कुलबहादुर थापाले भने–‘भदौभित्र नै पूर्वाधारको लागि बोलपत्र आह्वान गरिसक्नुपर्ने छ ।’ पोखरा रंगशालामा दुईवटा पूर्वाधार निर्माणको खाँचो छ । सुटिङ रेन्ज र हिटिङ स्वीमिङ पुल(पौडी पोखरी) निर्माण गर्नुपर्ने आवश्यकता छ ।
भदौभित्रमा बोलपत्र आह्वान गरेर काम शुरु नगरे सम्भावना नहुने देखिन्छ । हिटिङ स्वीमिङपुल र सुटिङ रेन्जको बोलपत्र गर्नुपर्ने दबाव राखेपलाई छ । कोभिड–१९ को तेस्रो लहर आउने चर्चासँगै बोलपत्र आह्वानको अर्को चुनौति छ । दुई पूर्वाधारको लागि परिषदले बजेट छुट्टाएको छ । गतवर्ष पनि बजेट छुट्टाएपनि कोभिड–१९को लहरसँगै बोलपत्र आह्वान हुनै सकेको थिएन् । पौडी पोखरीलाई ६करोड रुपैयाँ बजेट परिषदले छट्टाईसकेको छ । ‘रातो किताबमै छ बजेट ।’ उनले भने–‘त्यसैले छिटो बोलपत्र आह्वान गर्नुपर्ने खाँचो छ ।’ सुटिङ रेन्जको लागि परिषदले २ करोड रुपैयाँ बजेट राखेको छ ।
पौडी पोखरीको लागि दोस्रो त्रैमासिकमा १ करोड, तेस्रो त्रैमासिकका ४ करोड र चौथो त्रैमासिकमा १ करोड खर्च गर्ने योजना परिषदको छ । त्यसैगरी सुटिङ रेन्जको लागि दोस्रो त्रैमासिकमा ५०लाख, तेस्रो त्रैमासिकमा १ करोड र चौथो त्रैमासिकमा ५० लाख खर्च गर्ने परिषदले उल्लेख गरेको छ । त्यसैगरी पोखरा रंगशाला क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाईएको छ । त्यो पनि पहिलो त्रैमासिकमा ३० लाख, दोस्रो त्रैमासिकमा ३५ करोड र तेस्रो त्रैमासिकका ३५ लाख रुपैयाँ बजेट राखिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारको लागि परिषदले ५० लाख रुपैयाँ छुट्टाएको छ । जिल्लाका पूर्वाधारको लागि १० लाख रुपैयाँको दरले बजेट छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशाला क्रिकेट मैदानको पूर्वाधार थप्ने योजना कास्की जिल्ला क्रिकेट संघले गरेको छ । संघका अध्यक्ष सन्जयकान्त सिग्देलका अनुसार मैदानको लेभलिङ, ड्रेन तथा प्लेयर बक्स निर्माण गर्ने योजना छ । ‘तारजाली लगाई मैदान संरक्षण गरिएको छ । अबको एक करोडले मैदानको लेभलिङ र डे«न(नाली) बनाईने छ ।’ उनले भने–‘त्यसपछि प्लेयर बक्स निर्माण गरिने छ ।’ लेभलिङ र नाली निर्माण कम लागतमा बनाई प्लेयर बक्सलाई विशेष प्राथमिकता दिईने उनको भनाई थियो ।परिषदले नै गत आर्थिक वर्षमा उपलब्ध गराएको २५ लाख रुपैयाँले तारजाली(फेन्सिङ लगाइएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…