
काठमाडौं- एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप ९यु–१६÷यु–२००, २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।
खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने परिवारले जनाएको छ ।
सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीहरुको नामवली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रन्जित, सचिवमा मन्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् ।
सल्लाहकारमा मोहन नेपाल, सुशिलनरसिंह राणा, सुनिल राजवंशी र सन्जिव तुलाधरलाई चयन गरिएको छ । अध्यक्ष खत्रीले एथलेटिक्स परिवार, नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जानकारी गराए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…