भारतसँग खेल्न २५ खेलाडीको सूची, अभिषेक टोली बाहिर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित


काठमाडौंं-भारतसँग हुने मैत्रीपुर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची तयार पर्दा स्ट्राइकर अभिषेक रिजाल टोलीबाट बाहिरिएका छन् ।

पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट स्ट्राइकर अभिशेख रिजाल, गोलकिपर अर्पण कार्की सहित शिशिर लेखीलाई टोलीबाहिर राखेर प्रशिक्षकले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन । दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको स्वर्ण दिलाउँदा उत्कृष्ट खेल प्रदर्शन गरेका अभिशेख टोलीबाट बाहिरिएका हुन ।

भदौ १७ र भदौ २० गते नेपालले भारतसँगको मैत्रीपुर्ण खेल काठमाडौंमा खेल्दै छ । त्यसका लागि नेपाली टिम अन्तिम तयारीमा रहेको छ । साफ तयारीमा रहेको नेपालले मैत्रिपूर्ण खेलपछि माल्दिभ्समा हुने साफ च्याम्पियनसिप खेल्नेछ । नेपालसँगको मैत्रीपुर्ण खेलका लागि भारतीय टिम कोलकाताबाट भदौ १४ गते नेपाल आइपुग्नेछ ।

साफ च्याम्पियनसिप असोज १५ देखी ३० गते सम्म आयोजना हुँदै छ । वर्ष दिनपछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको छ । यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता हुने छैन । प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८), तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०)मा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीः
गोलरक्षकः किरण कुमार लिम्बु, विकेश कुथु, दिप कार्की, विशाल श्रेष्ठ,
डिफेन्डरः अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजबंशी, रोहित चन्द, सुमन अर्याल, राजन गुरुङ
मिडफिल्डरः बिशाल राई, सुनिल बल, मनिष डांगी, तेज तामाङ, आयुष घलान, कमल थापा, नितिन थापा, पुजन उपर्कोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ,सुरज जिउ ठकुरी
स्ट्राइकरः आशिष लामा, नवयुग श्रेष्ठ, सुमन
लामा, अन्जन विष्ट