
पोखरा-नेपाल क्रिकेट संघ र डिस होम बीच सम्झौता भएको छ । नेपाल र पपुवा न्युगिनी बीचको एक दिवसीय खेलको प्रत्यक्ष प्रशारणको लागि संघ र डिस होम बीच सम्झौता भएको हो ।
डिस मिडिया नेटवर्कको तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र संघको तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अन्तराष्ट्रिय सिरिजको दुई खेल यही भदौ २० र २३ गते हुने छ । पहिलो खेल दिवा(दिउँसो हुने छ । दोस्रो खेल भने पहिलो नेपालको लागि रात्रीकालिन खेल हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…